रिगो एचआर सफ्वेयरको नयाँ भर्सन सार्वजनिक, यस्ता छन् विशेषता

Share News

काठमाडौं । एचआर र पेरोल सफ्टवेयर रिगो एचआरले नयाँ भर्सन सार्वजनिक गरेको छ ।  

पेरोल मोड्युल परिवर्तन गरिएको नयाँ संस्करणको सफ्टवेयरमा नयाँ एचआर कोर, सूचना परिवर्तन र तलबसम्बन्धी इभेन्ट ट्रयाकर, समयमै त्रुटि पहिचान र रोकथाम, कानूनी अनुपालनमा सहयोग, सरल र छिटो पेरोल प्रक्रिया, मेकर–चेकर प्रणाली, सजिलो अतिरिक्त भुक्तानी र कर्पाेरेट पे इन्टिग्रेसन सुविधा समावेश रहेको कम्पनीले जानकारी दिएको छ । 

कम्पनीले सिफ्टमा आधारित कार्यस्थल (जस्तै : होटल, अस्पताल, निर्माण उद्योग आदि)का लागि डिजाइन गरिएको नयाँ भर्सनको सिफ्ट सेडुलिङ पनि सार्वजनिक गरेको छ । 

नयाँ भर्सनको सिफ्ट सेडुलिङमा सजिलो सिफ्ट प्लानिङ, डिभाइस तथा मोबाइल एपद्वारा हाजिरी व्यवस्थापन, अटोमेटिक वा म्यानुअलरूपमा ओभरटाइम र सिफ्ट भत्ता निर्धारण तथा कार्यान्वयन गर्ने सुविधा रहेको कम्पनीले जानकारी दिएको छ । 

नयाँ पेरोल मोड्युलमा कर्मचारी भर्नादेखि अवकाशसम्मको सम्पूर्ण प्रक्रियालाई सहज बनाउने नयाँ संरचना, तलबसम्बन्धी जानकारी र परिवर्तनको सजिलो अभिलेख, समयमै गल्ती पहिचान गर्ने प्रणाली, कानुनी नियमहरूको पालना गर्न सहयोग गर्ने फिचर, छिटो र झन्झटरहित तलब प्रक्रिया, डेटा सुरक्षाको लागि अतिरिक्त स्वीकृति प्रणाली, बोनस तथा अन्य अतिरिक्त भुक्तानीको सजिलो व्यवस्थापन र सिधै बैंक खातामा तलब भुक्तानी गर्ने सुविधा थपिएको कर्मचारीले जनाएको छ । 

त्यस्तै नयाँ सिफ्ट व्यवस्थापन प्रणालीले होटल, अस्पताल र निर्माण जस्ता सिफ्टमा आधारित कार्यस्थलहरूमा काम गर्ने कर्मचारीका लागि सिफ्ट योजना बनाउन, हाजिरी व्यवस्थापन गर्न र ओभरटाइम तथा सिफ्ट भत्ता निर्धारण गर्न सजिलो बनाउने कम्पनीले उल्लेख गरेको छ ।

रिगो टेक्नोलोजिजका प्रमुख व्यापार अधिकृत राजन श्रेष्ठले कम शुल्कमा आधुनिक र भरपर्दो एचआर प्लेटफर्म प्रदान गरिएको दाबी गरे । कम्पनीले आगामी दिनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका प्रविधि पनि थप्दै जाने योजना बनाएको उनले जानकारी दिए । 

नयाँ वर्षको अवसरमा रिगो एचआरले अफर पनि सार्वजनिक गरेको छ । आगामी जुलाईसम्म उपलब्ध रहेको उक्त अफरअन्तर्गत प्रतिकर्मचारी मासिक १५० रुपैयाँबाट सेवा लिन सकिने कम्पनीले जानकारी दिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।