राहुघाट-मङ्गले जलविद्युत् आयोजना सम्पन्न, १५ दिनभित्र परीक्षण उत्पादन

Share News

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव ५ मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ ।

तुँदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन शुरु गर्ने जनाएको छ । आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाका अनुसार विद्युत्‌गृहमा उपकरण जडान हुनाका साथै र प्रसारण लाइन पनि तयार भएको छ ।

आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गर्न १४ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ । राहुघाट बेसिनमा निर्माण भएको यो पहिलो जलविद्युत् आयोजना हो । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।