नेप्सेमा थपियो दुई कम्पनीको बोनस शेयर

Share News

काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको १० प्रतिशत र आत्मनिर्भर लघुवित्तको १४ दशमलव २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेपाल लाइफ इन्स्योरेन्सले गत माघ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर बापत्को ८२ लाख ७ हजार ९६६ दशमलव ५५ कित्ता शेयर सूचीकृत गराएको हो । 

त्यस्तै आत्मनिर्भर लघुवित्तले गत पुस २९ सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको १४ दशमलव २५ प्रतिशत बोनस शेयर बापत्को ९७ हजार ७१४ दशमलव ८१ कित्ता शेयर सूचीकृत गराएको हो ।

आगामी आइतवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

यी दुवै कम्पनीले बोनस शेयर प्रयोजनका लागि करसमेत वितरण गर्ने भएकाले लगानीकर्ताको हितग्राही खातामा स्वतः बोनस शेयर जम्मा हुनेछ । हालसम्म पनि यी कम्पनीको शेयर अभौतिकीकरण नगराएका सदस्यहरूले भने यथाशीघ्र आफ्नो शेयर हितग्राही खाता खोली जम्मा गर्नुपर्नेछ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।