गण्डकी प्रदेशले ल्यायो करीब ३२ अर्बको बजेट

Share News

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करीब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको छ । 

आइतबार अर्थमन्त्री डा. टकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको अनुमानित आय-व्यय विवरण प्रस्तुत गरेका हुन् ।  

जसमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड, पूँजीगततर्फ १९ अर्ब ९ करोड,  वित्तीय व्यवस्थातर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यो बजेट चालू आर्थिक वर्षमा ल्याइएको बजेटभन्दा करीब १ अर्बले कम हो । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । 

यस्तो छ बजेटको पूर्णपाठ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।