९७१ नम्बर रेन्जको मोबाइल नम्बर उपलब्ध गराउँदै एनसेल

Share News

काठमाडौं । एनसेलले नयाँ नम्बर रेन्ज ९७१ बाट शुरू हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । 

साउनको दोस्रो साताभित्रै नयाँ सिम वितरण थालिने कम्पनीको भनाइ छ । नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो नम्बर रेन्जका नम्बर वितरण गर्न अनुमति प्रदान गरेको बताइएको छ । 

प्राधिकरणले एनसेललाई जारी नम्बर रेन्ज ९८०, ९८१, ९८२, ९७० मार्फत सेवा प्रदान गर्न मोबाइल नम्बर अपुग भएकाले नयाँ नम्बर रेन्ज प्रदान गरेको बताइएको छ । 

एनसेलले विभिन्न सेवाप्रदायक कम्पनी, सरकारी तथा गैरसरकारी संस्था, कार्यालय, बैंक तथा वित्तीय संस्थालाई यो नयाँ नम्बर रेन्जलाई हाल सञ्चालनमा रहेका अन्य रेन्ज सरह ग्राहक सेवाका लागि आ–आफ्नो प्रणालीमा इन्ट्रिगेट/अपडेट गर्न आग्रह गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।