काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले असार १९ गते कम्पनीलाई ५८ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा उल्लेखित रकम बराबरको ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति पाएको हो । यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । हाल संस्थापकतर्फ ७९ दशमलव २९ प्रतिशत शेयर स्वामित्व रहेको यस कम्पनीले सर्वसाधारणमा २० दशमलव ७१ प्रतिशत आईपीओ निष्कासन गर्नेछ । यस कम्पनीले तनहुँ जिल्लामा केबलकार र होटल सञ्चालन गरिरहेको छ ।
हाल २ अर्ब २४ करोड ४० लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन तथा बाँडफाँटपछि चुक्तापूँजी २ अर्ब ८३ करोड रुपैयाँ कायम हुनेछ । होटल तथा पर्यटन समूह अन्तर्गत दोस्रो बजारमा यो कम्पनी सूचीकृत हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।