प्रोटन इमास ‘शार्क ट्यांक नेपाल’को प्रायोजक

Share News

काठमाडौं । मलेशियाली अटोमेकर प्रोटोनको अग्रणी विद्युतीय सवारीसाधन प्रोटन इमासले नेपालको व्यावसायिक रियालिटी टेलिभिजन कार्यक्रम ‘शार्क ट्यांक नेपाल’सँग आफ्नो प्रायोजन साझेदारीको घोषणा गरेको छ । यस सहकार्यले नवप्रवर्तन र उद्यमशीलतालाई अगाडि बढाउने सामूहिक प्रयासलाई टेवा पुर्याउने बताइएको छ । 

नेपालका लागि प्रोटोनको अधिकृत डिलर जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नवप्रवर्तनमार्फत अगाडि बढाउन प्रतिबद्ध ब्रान्डको रूपमा प्रोटन इमास ‘शार्क ट्यांक नेपाल’सँग साझेदारी गर्न पाउँदा उत्साहित भएको बताए । ‘यो साझेदारीले क्लीन मोबिलिटीप्रति हाम्रो समर्पणलाई मात्र होइन, स्मार्ट, ग्रिनर र थप उद्यमशील नेपालको लागि हाम्रो साझा दृष्टिकोणलाई थप पुष्टि गर्दछ,’ उनले भने ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।