काठमाडौं । केटिएम ग्रुप होल्डिङ्सअन्तर्गत सञ्चालित ४५ करोड चुक्तापूँजी रहेको केटिएम हस्पिटालिटी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । उक्त कम्पनीले रु १२ करोड ५० लाख बराबरले हुने रु १०० का दरले १२ लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीको आईपीओ निष्कासनका लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा केटिएम हस्पिटालिटी लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मुख्य कार्यालय काठमाडौंमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालको उपस्थितिमा सम्पन्न कार्यक्रममा केटिएम हस्पिटालिटी लिमिटेडको तर्फबाट अध्यक्ष तथा प्रमुख कार्यकारी रामेश्वर शाह र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।
केटिएम हस्पिटालिटी लिमिटेड फ्रान्सको प्रतिष्ठित अन्तरराष्ट्रिय लुभ्र होटल्स समूहअन्तर्गतको लक्जरी पाँचतारे रिसोर्ट द रोयल ट्युलिप चितवनमा शुरुआत गर्ने तयारीमा रहेको छ । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित संस्था हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।