काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘७ दशमलव ७ डिल्स लाइक नेभर विफोर’ विशेष कार्यक्रम आयोजना गरेको छ । बिहीवारदेखि शुरू भएको कार्यक्रम असार २३ सम्म चल्ने बताइएको छ । कार्यक्रमअन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गतका टियागो ईभी, पन्च ईभी, नेक्सन के ३ ईभी र क ईभी एक्सचेन्ज तथा खरीद गर्न सकिने बताइएको छ ।
कार्यक्रमअन्तर्गत हरेक टाटा गाडीको खरीदमा जोडीका लागि थाइल्याण्ड भ्रमण, साथै एक वर्षको अटोप्लस बीमा, दुई आर्थिक वर्षसम्मको सवारी कर, एसेसोरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहित जडान र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधा निःशुल्क रूपमा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
सो अवसरमा नेपालभर रहेका टाटा मोटर्सका शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडी अवलोकन तथा हरेक टेस्ट ड्राइभ, बुकिङ र गाडी मूल्यांकन गर्दा ग्राहकलाई आकर्षक उपहार प्रदान गरिने बताइएको छ । साथै एकजना विजेताले बम्पर पुरस्कार स्वरूप आइफोन–१६ जित्ने अवसरसमेत पाउनेछन् । कार्यक्रम टाटा मोटर्सका अधिकारिक शोरूममा सञ्चालनमा हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।