काठमाडौं । आइतवार नेप्से परिसूचक स्थिर बनेको छ । अघिल्लो कारोबार दिनभन्दा शून्य दशमलव शून्य ८ प्रतिशत बढेर नेप्से परिसूचक २ हजार ७०६ दशमलव ३६ विन्दुमा बन्द भएको हो ।
यो दिन नेप्से परिसूचक २ हजार ७२२ दशमलव ३३ विन्दुसम्म पुगेको थियो भने २ हजार ६९७ दशमलव ३२ विन्दुसम्म झरेको थियो । पछिल्लो ६ कारोबार दिन बजार निरन्तर बढेको छ ।
आइतवार ८७ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने १६२ कम्पनीको धितोपत्र मूल्य घटेको छ । यस दिन नेपाल फाइनान्सको शेयर मूल्य १० प्रतिशत बढेको छ भने गुडवील फाइनान्सको १२ प्रतिशत ब्याजदरको ऋणपत्रको मूल्य ८ दशमलव ८७ प्रतिशत घटेको छ ।
नेपाल फाइनान्सको शेयर मूल्य प्रतिकित्ता ६९ रुपैयाँ ४० पैसाले बढेर अन्तिम मूल्य ७६३ रुपैयाँ ६० पैसा कायम भएको हो भने गुडवील फाइनान्सको ऋणपत्रको मूल्य प्रतिकित्ता १२७ रुपैयाँ ३० पैसाले घटेर अन्तिम मूल्य १ हजार ३०८ रुपैयाँ ३० पैसा कायम भएको हो ।
आइतवारको कारोबारमा पनि डोजी आकृतिको मैनबत्ती बनेको छ । यसले बजार अन्योल रहेको संकेत गर्छ ।
यस दिन कारोबार रकम घटेको छ । अघिल्लो कारोबार दिन (गत बिहीवार) ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँभन्दा बढीको २ करोड ४९ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा आइतवार ९ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको २ करोड ७१ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको हो ।
कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । यस कम्पनीको ४९ करोड ४० लाख रुपैयाँभन्दा बढीको ३ लाख ८० हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो ।
सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयर मूल्य ४ दशमलव ८३ प्रतिशत बढेर अन्तिम मूल्य १ हजार ३०९ रुपैयाँ ५९ पैसा कायम भएको छ ।
आइतवारको कारोबारमा अन्य समूहको परिसूचक सर्वाधिक बढेको छ भने विकास बैंक समूहको परिसूचक सर्वाधिक घटेको छ । अन्य समूहको परिसूचक ३ दशमलव शून्य ६ प्रतिशत बढेको हो भने विकास बैंक समूहको १ दशमलव ५३ प्रतिशत घटेको हो ।
कुल बजार पूँजीकरण भने यस दिन ४५ खर्ब ९ अर्ब १९ करोड ३६ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन कुल बजार पूँजीकरण ४५ खर्ब ५ अर्ब १९ करोड ३८ लाख रुपैयाँ थियो । आइतवार कुल बजार पूँजीकरण करीब ४ अर्बले वृद्धि भएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।