प्रभु महालक्ष्मी लाइफको ८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

Share News

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीले गत जेठ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । पारित भएको करीब १ महीनाभित्र असार २२ गते कम्पनीले बोनस शेयर दोस्रो बजारमा सूचीकृत गराएको हो ।

८ प्रतिशत बोनस शेयरबापतको ३७ लाख ८० हजार ४८० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सोमवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

बोनस शेयर कर प्रयोजनका लागि कम्पनीले शून्य दशमलव ४२ प्रतिशत नगद लाभांशसमेत छुट्याएको छ ।

लाभांश प्रयोजनका लागि कम्पनीले जेठ १६ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा जेठ १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको बोनस शेयर प्राप्त गरेका छन् ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।