काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको भाउ एकैदिन २ हजार ७ सय रुपैयाँले घटेको छ । वैशाख ९ गते (आइतवार) किर्तिमानी मूल्य १ लाख ३९ हजार ३०० रूपेयाँ कायम भएको सुनको मूल्य मंगलबार (आज) सम्म ३ हजार ८०० रूपैयाले घटेर १ लाख ३५ हजार ५०० रूपैयाँ कायम भएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ३५ हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात सोमवार सुन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर १ हजार ६६० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७०५ रुपैयाँमा कारोबार भएको थियो ।