साउन ५, हेटौंडा । भारी वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेशलाई काठमाडौंसँग जोड्ने छोटो मार्ग हेटौंडा–कुलेखानी–फाखेल–काठमाडौं मार्ग आइतवार बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । १० दिन लगाएर पहिरो पन्छाएपछि बाटो सञ्चालन भएको हो ।
इन्द्रसरोवर गाउँपालिकाअन्तर्गतको महालक्ष्मी खोलामा आएको पहिरो तथा अन्य सानातिना पहिरो हटाएर बाटो सञ्चालनमा ल्याएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले बताएको छ । पानी पर्ने क्रम जारी नै रहेकाले सजगतासहित बाटो सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए ।
‘फेरि पनि पहिरो जान सक्छ, हामीले त्यसका लागि पनि सावधानी अपनाएका छौं, त्यसका लागि केही डोजर तयारी अवस्थामा छन्’, उनले भने । पहिरोका कारण यो मार्ग अवरुद्ध हुँदा लामो मार्गका रुपमा रहेको त्रिभुवन राजपथको सडक खण्डबाट सवारी आवतजावत गरिरहेका थिए । रासस
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.