सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाको संसदीय चुनावमा सत्तारुढ लेबर पार्टीले बहुमत हासिल गरेको छ ।
अन्तरराष्ट्रिय समाचार संस्थाका अनुसार १५० सिटका लागि भएको चुनावमा प्रधानमन्त्री एन्थनी अल्बनिजको दलले कम्तीमा ८७ सिटमा जित हासिल गरेको छ । १५१ सदस्यीय तल्लो सदनमा बहुमतका लागि ७६ सिट आवश्यक पर्छ ।
जितसँगै प्रधानमन्त्री अल्बनिजले दोस्रो पटक सरकार बनाउने पक्का भएको छ । अष्ट्रेलियामा संसदमा सबैभन्दा बढी सिट जित्ने पार्टीको नेता प्रधानमन्त्री बन्ने प्रावधान छ ।
अल्बनिज सन् २०२२ देखि अष्ट्रेलियाको प्रधानमन्त्री छन् । उनी ३० वर्षदेखि सांसद निर्वाचित हुँदै आएका छन् ।
जितपछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बनिजले भनेका छन्, ‘अष्ट्रेलियावासी, प्रधानमन्त्रीका रूपमा तपाईंहरूको सेवा गर्न पाउनु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो ।’
चुनावमा विपक्षी नेता पिटर डटन पराजित भएका छन् । लिबरल–नेशनल गठबन्धनबाट उम्मेदवारी दिएका उनी लेबर पार्टीका उम्मेदवार अली फ्रान्ससँग पराजित भएका हुन् ।
यसैबीच, विपक्षी नेता डटनले चुनावमा आफ्नो हार स्वीकार गरेको बताएका छन् । अष्ट्रेलियाको संसदीय चुनावअन्तर्गत शनिवार मतदान भएको थियो । एजेन्सीको सहयोगमा