काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले २ लाख ६६ हजार ४४ दशमलव ५२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । पुस ८ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय बमोजिम कम्पनीले उल्लेखित कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गरेको हो ।
इच्छुक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । यो अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री प्रक्रिया अघि बढाइनेछ ।