काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको एफपीओमा मागभन्दा ९४ दशमलव ६९ गुणा बढी आवेदन परेको छ । कम्पनीको एफपीओमा आइतवार बिहान १०:७ बजेसम्ममा १० लाख २० हजार १८९ जना आवेदकले १ करोड १७ लाख २४ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले असोज २५ गतेदेखि १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निष्कासन गरेको हो । उक्त आईपीओमा आवेदकले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । एफपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिनेछ ।
कम्पनीको एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम ईक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । कम्पनीको एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ ।
विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।