काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले असार २९ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । ललितपुरको सानेपास्थत कम्पनीको सभा कक्षमा उक्त दिन दिउँसो १ बजे सभा बोलाइएको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको कम्पनीले यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ । कम्पनीको पूँजी संरचना परिवर्तनसहित प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि सभाले पारित गर्नेछ ।