काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले असार ३० गते २३औं वार्षिक साधारण सभा बोलाएको छ । गत आर्थिक वर्ष ०८०\८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति प्रदान गर्न कम्पनीले सभा गर्ने निर्णय गरेको हो । असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखपरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाले सो प्रस्ताव पनि सभाले पारित गर्नेछ । साथै बोनस शेयरपछि कम्पनीको पूँजी बृद्धि हुने हुँदा सोही बमोजिम प्रबन्धपत्र तथा नियामावली संशोधन गर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नृेछ । सर्वसाधारण शेयरधनीहरुबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव गरेको कम्पनीले संस्थापक तर्फबाट नियुक्त गरिएको सञ्चालकहरुको अनुमोदन समेत सभाबाट गराउनेछ । सभा प्रयोजनका लागि कम्पनीले असारर १६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असार १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।