काठमाडौं । रिभर फल्स पावर लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा अर्थात पुस मसान्तसम्ममा रू. १ करोड ३१ लाख नाफा कमाएको छ ।
गत आवको यसै अवधिमा कम्पनी रू.३ करोड ३६ लाख घाटामा थियो ।
चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले नाफामा रहेको हो । गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी रू. ११ करोड २५ लाख रहेकोमा चालू आवमा बढेर रू. १५ करोड ५६ लाख पुगेको छ ।
दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७५ पैसा र प्रतिशेयर नेटवर्थ रू.१०२ दशमलव ०२ रहेको छ ।
चुक्ता पूँजी रू. ७० करोड रहेको कम्पनीले जगेडामा रू. १ करोड ४१ लाख सञ्चिती गरेको छ ।