काठमाडौं । बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा हकप्रद शेयर निष्कासन गर्न निवेदन दिएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न फागुन १२ गते सेबोनमा निवेदन दिएको हो ।
विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू.४० करोड छ । हकप्रद शेयर निष्कासनपश्चात कम्पनीको पूँजी रू. ८० करोड पुग्नेछ ।