काठमाडौं । आज (बुधवार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो । मंगलवार प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधवार प्रतितोला १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघको भनाई छ ।
आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर बुधवार प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको हो । मंगलवार चाँदीको मूल्य १ हजार ९९५ रुपैयाँ रहेको थियो । महासंघका अनुसार बुधवार प्रति १० ग्राम सुनको मूल्य १ लाख ६२ हजार २९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७१९ रुपैयाँ कायम भएको छ ।