काठमाडौँ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट अनुमति पाएको छ । बोर्डले वैशाख १२ गते कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको हो । कम्पनीले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय रद्द गरी शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ चुक्तापूँजी रहेको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ४ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्दै आएको छ । पछिल्लो समय जलविद्युत कम्पनीहरूलाई आयोजना निर्माणका लागि लिएको कर्जा भुक्तानीका लागि हकप्रद शेयरमार्फत पूँजी जुटाउन सक्ने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार कम्पनीले हकप्रद शेयर निषकासन गरी पूँजी जुटाउन लागेको हो ।