काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म राधी विद्युत कम्पनी लिमिटेडको खुद नाफा गत वर्षभन्दा करिब १३ प्रतिशत कम भएको छ । गत वर्ष ९ करोड ३१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ८ करोड ११ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको वित्तीय खर्च बढ्दा नाफामा असर परेको हो । गत वर्ष १ करोड ७ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १ करोड ९५ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । आम्दानी भने यस वर्ष कम्पनीले बढी गरेको छ । गत वर्ष ९ करोड ३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष १० करोड ३८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार रुपैयाा रहेको छ भने अदर इक्वीटी ३२ करोड ३७ लाख रुपैयाँभन्दा बढी रहेको छ । दिर्घकालिन कर्जा ३१ करोड ७२ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा १६ करोड ५६ लाख रुपैयाँभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ६१ पैसा रहेको छ ।