काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलवार चार कम्पनीको कुल ९७ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको १२ लाख ५२ हजार ८४४ दशमलव १७ कित्ता, चिलिमे हाइड्रोपावरको ७९ लाख ८३ हजार ९९७ दशमलव २० कित्ता, सुपर माई हाइड्रोपावरको ३ लाख ५० हजार कित्ता र कुथेली बुखरी स्मल हाइड्रोपावरको १ लाख २१ हजार ८६७ दशमलव ५० कित्ता गरेर कुल ९७ लाख ८ हजार ७०८ दशमलव ८७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ ।