काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी)अन्तरगतका कर्मचारीले लिँदै आएको दैनिक एक लिटर दूध र मासिक एक लिटर घ्यूको सुविधा आजदेखि कटौती गरेको छ ।
दुग्ध किसानहरूलाई दिनु पर्ने भुक्तानी, सरकारबाट लिएको ऋण चुक्ता गर्नुपर्ने अवस्थालगायत कारण यो सुविधा कटौती गर्नुपरेको मन्त्रालयले जनाएको छ ।
अन्य सार्वजनिक संस्थानहरूमा पनि संस्था नोक्सानीमा गएका बेला सुविधा नलिने गरिएको अभ्यास रहेको उल्लेख गर्दै मन्त्रालयले दूध तथा दुग्धजन्य पदार्थ विक्री गरि आम्दानी गर्ने किसानलाई भुक्तानी दिन नसकिरहेकाले सुविधा कटौती गरिएको जानकारी दिएको छ । यसअघि मन्त्रालयले संस्थान व्यवस्थापनसमक्ष खाइपाइ आएको सेवा सुविधाबारे जानकारी मागेको थियो ।
आजै मन्त्रालयले संस्थानको महाप्रबन्धकमा सहसचिव जगदीश पाण्डेलाई पठाएको छ ।