काठमाडौं । सरकारले डिजिटल बैंक स्थापना गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार (आज) सार्वजनिक गर्नुभएको आगामी आवको नीति तथा कार्यक्रम उक्त कुरा उल्लेख गरिएको छ ।
‘नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिनेछ,’ संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।