काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्तलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेको छ ।
राष्ट्र बैंकले जेठ ३ गते बुधवार पत्र पठाउँदै डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो । यी दुवै कम्पनीको गत फागुन ३० गते बसेको वार्षिक साधारण सभाले प्राप्ति प्रक्रियालाई स्वीकृत गरेको थियो ।
त्यस्तै गत चैत १३ गते दुवै कम्पनीबीच प्राप्तिसम्बन्धी अन्तिम सम्झौता भएको थियो । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई १ः१ शेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । प्राप्ति प्रक्रिया पूरा गरी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरू गर्ने दुवै कम्पनीबीच सहमति भएको छ । दुवै कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी एकीकृत कारोबार शुरू गर्नेछन् ।