काठमाडौं । नेपाल राष्ट्र बैंक लिमिटेडले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरको लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
राष्ट्र बैंकले जेठ २२ गते यी दुई कम्पनीलाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो । यी दुई कम्पनीहरूबीच २०८१ फागुन १७ गते मर्जरका लागि सहमति पत्रमा हस्ताक्षर भएको थियो ।
हाल समाज लघुवित्तको चुक्तापूँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ र ग्रामीण विकास लघुवित्तको चुक्तापूँजी ९८ करोड २५ लाख रुपैयाँ छ । यी दुवै कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत छन् ।
पछिल्लो समय मर्जरपछि एकीकृत कारोबार भएको दिनदेखि बढीमा १५ कारोबार दिन धितोपत्र कारोबार बन्द गर्नुपर्ने व्यवस्था छ । यी कम्पनीले मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार गरेको दिनदेखि बढीमा १५ दिन कारोबार रोक्का गर्नेछन् ।