काठमाडौं (अस) । १५ सेप्टेम्बर, विश्व प्राथमिक उपचार दिवसका दिन कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले एक कार्यक्रम गरी उक्त दिवस मनाएको छ ।
ग्रान्डी सिटी अस्पताल, नेपाल रेडक्रस, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सहभागितामा हृदयघाटबाट भविष्यमा हुनसक्ने दुर्घटनालाई कसरी न्यूनीकरण गर्ने भन्नेबारे छलफल भएको थियो । कार्यक्रममा सहभागी ग्रान्डी सिटी अस्पतालका डा. पुष्पराज पौडेलले हृदयघात भएको थाहा पाउने तरीका र त्यसको प्राथमिक उपचारबारे जानकारी गराएका थिए । एक तथ्यांकले नेपालमा मात्र वर्षेनी २० हजार मानिसलाई हृदयघात हुने बताएको छ । हृदयघात भएको जानकारी पाउनासाथ प्राथमिक उपचार गर्न सके मात्र ६० प्रतिशत मानिसलाई बचाउन सकिने कार्यक्रमका सहभागीले उल्लेख गरे ।