काठमाडौं । गरिमा विकास बैंकले शेयर धितोकर्जा लिएर साँवा, ब्याज र अन्य दस्तुर समयमै नबुझाउने ऋणीको स्वामित्वमा रहेको कालिका लघुवित्तको १८ हजार ७४८ कित्ता संस्थापक शेयर लिलामीमार्फत विक्रीमा राखेको छ ।
बैकको शाखा कार्यालय वालिङ स्याङ्गजाबाट कालिका लघुवित्तको संस्थापक शेयर धितो राखी शेयर कर्जा उपभोग गरेका ऋणीलाई साँवा, ब्याज र अन्य दस्तुर रकम तिर्न बुभाउन पटक पटक मौखिक तथा लिखित तर ताकेता गर्दा र विभिन्न मितिमा राष्ट्रिय स्तरको दैनिक पत्रिकाहरुमा कर्जा चुक्ता गर्न सूचना प्रकाशित गर्दा समेत नतिरी नबुभाई कर्जा सम्बन्धी शर्त बन्देजहरु उल्लङ्घन गरेकाले उक्त शेयर लिलामी गर्न लागेको बैंकले जनाएको छ ।
यो शेयर खरीदका लागि कालिका लघुवित्तका विद्यमान संस्थापक, योग्य व्यक्ति / संस्था / फर्म / कम्पनी / संघ/ संस्थाले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र आवेदन सूचना प्रकाशित भएको ३५ दिनभित्र पेश गर्नु पर्नेछ ।
यद्यपी ऋणी तथा व्यक्तिगत जमानत दिने व्यक्तिहरुले सो दिन अगावै बैंकमा उपस्थित भई सम्पूर्ण बाँकी बक्यौता रकम चुक्ता भुक्तान गरेमा वा कर्जा राफसाफ गरेमा लिलाम कार्य स्थगित गरिने बैंकले जनाएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.