काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. २१ अर्ब २७ करोड ६२ लाख ६८ हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
मङ्सिर २९ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले नेपाल सरकारको पूर्वस्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने गरी लाभांश प्रस्ताव गरेको हो । कम्पनीको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत जारी सूचनामा पुस २६ गते ११औं वार्षिक साधारण सभा गर्ने उल्लेख छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।