काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष (आव) ०८०/८१ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । वैशाख २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको चुक्तापूँजी हाल १० अर्ब ४० करोड रुपैयाँ छ । आगामी माघ मसान्सम्म कम्पनीलाई २० अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । कम्पनीले गत वर्षको तुलनामा यस वर्ष केही बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।