काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष सोही अवधिसम्म ९१ दशमलव ८१ प्रतिशत कम खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेका कम्पनीले यस वर्ष १५ करोड ६७ लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो । यस वर्ष इम्पेरमेन्ट चार्ज रकम बढेसँगै कम्पनीको खुद नाफामा असर परेको हो । गत वर्ष २ अर्ब १४ करोड रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यस वर्ष ३ अर्ब ५ करोड रुपैयाँभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ३ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी मात्र ऋणात्मक रहेको थियो ।
कम्पनीको चुक्तापूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ छ भने जगेडा कोष रकम १८ अर्बृ ३८ करोड रुपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म २ खर्ब ९४ अर्ब ६ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले २ खर्ब ३३ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ७६ प्रतिशत रहेकोमा यस वर्ष १ दशमलव ९२ प्रतिशत कायम भएको छ । तेस्रो त्रैमाससम्म १ रुपैयाँ ४० पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १९९ रुपैयाँ ३० पैसा छ ।