काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानीश्वर पन्त नियुक्त भएका छन् । उनलाई यही जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले यही जेठ २५ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि उनलाई सीईओ नियुक्त गरेको हो ।
लघुवित्त क्षेत्रमा १२ वर्षभन्दा बढी काम गरेको अनुभवी पन्त इन्फिनिटी लघुवित्तमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । उनले कम्पनी सचिवको भूमिकासमेत निर्वाह गर्दै आएका थिए ।