काठमाडौं । टेक्नोलोजिज लिमिटेड (एससीटी) र इला होटल्स एण्ड रिसोर्टसबीच एससीटी–यूपीआई कार्डका ग्राहकलाई १५ प्रतिशतसम्मको छूट दिने सम्झौता भएको छ । सम्झौतापश्चात् बागलुङस्थित इला कम्फर्ट र मौलाकालीस्थित इला होटेल्स एण्ड रिसोर्टसमा एससीटी–यूपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गर्दा फूड एण्ड बेभेरेज बिल तथा रुमको महसुल दरमा १५ प्रतिशत छूट पाउने बताइएको छ । रुम महसुलमा छूट पोसमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।
एससीटीले हाल २१ ओटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आएको छ । यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको बताइएको छ । एससीटी–यूपीआई कार्ड नहुने ग्राहक यस अफरमा सहभागी हुन आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गई एससीटी–यूपीआई कार्ड माग गर्न सकिने बताइएको छ ।