काठमाडौं । नेपाल एसबिआई बैंकले नेशनल कार्ड स्वीच (एनपीएस) तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सो कार्यक्रममा बैंकका प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, सल्लाहकार छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याल लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो । यस सम्झौतासँगै बैंकले डोमेस्टिक कार्ड योजना ‘नेपालपे कार्ड’ जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागि स्वीच एकीकृत गर्न सक्ने बताइएको छ । बैंकले विगत ३१ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आएकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।