काठमाडौं । सिटिजन्स बैंकले विश्व वातावरण दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशमा वृक्षरोपण गरेको छ ।
बैंकले बिट द प्लाष्टिक’ भन्ने मुल नाराका साथ सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ को कार्यालय परिसरमा वृक्षरोपण गरेको हो ।
कार्यालय परिसरमा १०० भन्दा बढी प्रजातिका बिरुवा र भाइराम सामुदायिक वनमा १०० भन्दा बढी बिरुवा रोपिएको बैंकले जानकारी दिएको छ ।
बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र रुख तथा बोटविरुवा जर्गेना तथा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको बैंकको भनाइ छ । संस्थागत सामुदायिक उत्तरदायित्वअन्तर्गत उक्त कार्य गरिएको बैंकले जनाएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको जनाएको छ । यसअघि बैंकले विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय एवं मठ मन्दिरहरूमा सहयोग गरेको थियो ।
बैंकले देशभरका ६१ जिल्लामा फैलिएका आफ्ना २०० ओटा शाखा, १६८ ओटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ ओटा शाखारहित बैंकिङ्ग ईकाइहरूबाट १८ लाख ९८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।