काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई मेडिसिटि हस्पिटलमा उपचारसेवा लिँदा १० प्रतिशत छूट प्राप्त हुने भएको छ, साथै हेल्थ चेकअप प्याकेजमा विशेष सहुलियत दिने बताइएको छ ।
उक्त छूट सुविधा प्राप्त गर्न कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाई छूट सुविधा लिन सक्ने र अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेश गरी उक्त छूट सुविधाको लाभ लिन सक्ने बताइएको छ । यस किसिमको सहकार्यले एकातर्फ कम्पनीको व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग पुग्ने र अर्कोतर्फ कम्पनीका बीमित‚ अभिकर्ता तथा कर्मचारीलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।