काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह गरेको छ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकले बैंकको पोर्टल ‘अपडेट डट एनआइएसीएसिया डट कम’ वा मोबाइल बैंकिङ एप एनआईसी एसिया मोबैंकमा रहेको ‘प्यान अपडेट’ विकल्पमा ट्याब गरी आफ्नो प्यान अद्यावधिक गर्न सकिने बताइएको छ । साथै, ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने बताइएको छ ।
बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानीवापत काटिएको करलाई ई–टिडिएस रेकर्डमा जनाउन प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजको करकट्टीको विवरण ई–टिडिएस सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने विश्वास बैंकको छ ।