काठमाडौं । देशकै महँगो स्कुलमध्येको एक रातो बंगला स्कुलको सञ्चालन आम्दानी गत आर्थिक वर्षमा ०८०/०८१ मा २८ प्रतिशतले वृद्धि भएको छ ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार सो आर्थिक वर्षमा उक्त स्कुलले ६७ करोड ८० लाख रुपैयाँ सञ्चालन उक्त आम्दानी गरेको छ । आर्थिक वर्ष ०७९/८० मा स्कुलले ५५ करोड ९० लाख रुपैयाँ उक्त आम्दानी गरेको थियो ।
गत आर्थिक वर्षमा स्कुलले गरेको आम्दानी आर्थिक वर्ष ०७६/७७ को तुलनामा करीब दोब्बर हो । आर्थिक वर्ष ०७६/७७ मा स्कुलले ३६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ ।
कुन आर्थिक वर्षमा सञ्चालन आम्दानी कति ?
स्रोत : इक्रा नेपाल ।
दरबार टोल पाटन ढोकामा रहेको यस स्कुलले इक्रा नेपालमा ८० करोड रुपैयाँ कर्जा रेटिङ गराएको छ । इक्रा नेपालले स्कुललाई ‘इक्राएनपी एलबीबीबी’ रेटिङ दिएको छ ।