काठमाडौं । जिल्ला अदालत काठमाडौंले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीवार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईंसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो ।
अदालतले सोही घटनामा संलग्नको आरोपमा पक्राउ परेका ३२ जनालाई रु १० हजारदेखि रु एक लाखसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ । रासस