काठमाडौं । सीजी हिरो मोटोकर्पले दोस्रो संस्करणको ‘एक्सट्रयाक’ इभेन्ट पोखरामा गर्ने भएको छ । आगामी शनिवार आयोजना हुने उक्त इभेन्टमा मोटरसाइकल प्रेमी राइडरहरूले डर्ट ट्रयाक एवं अफ रोड राइडिङको अविष्मरणीय अनुभव लिन सक्ने आयोजकको अपेक्षा छ । इभेन्टमा सहभागीले हिरोको एडभेन्चर श्रेणीका मोटरसाइकल विशेषगरी ‘हिरो एक्सपल्स २०० फोरभी’ र ‘एक्सपल्स २०० फोरभी प्रो’ विशेष रूपमा डिजाइन गरिएको ट्र्याकमा चलाएर अफरोड राइडको परीक्षण गर्ने अवसर प्राप्त गर्ने बताइएको छ ।
पोखराको महेन्द्र गुफा नजिक आयोजना हुने इभेन्ट बिहान १० बजेदेखि शुरू हुनेछ । यस इभेन्टमा सहभागी हुन हिरो मोटोकर्प नेपालको सोसियल मिडिया पेजमा गई निःशुल्क रजिष्ट्रेसन गर्नुपर्ने बताइएको छ । इभेन्टमा सहभागी तथा अनुभवी राइडरका लागि हिरो मोटोकर्प नेपालले मोटरसाइकल उपलब्ध गराउनेछ ।