काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशका विभिन्न १० स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । बैंकले धनुषाको नगराइन, स्याङ्जाको बयरघारी, कञ्चनपुरको झलारी, कैलालीको टिकापुर तथा सुख्खड, काठमाडौंको कपन, रूपन्देहीको सैनामैना, दाङको देउखुरी, गोरखाको पालुङटार र सर्लाहीको हरिवनमा शाखा विस्तार गरी कारोबार शुरू गरेको हो । यी शाखासँगै बैंकका शाखा कार्यालयको संख्या ३०७ पुगेको छ । ३०७ शाखासँगै बैंकले ३१२ एटीएम र ७३ एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ कारोबार गर्दै आएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.