काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सोमवार सभा सम्पन्न भएको हो ।
काठमाडौंमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
सभाले शेयरधनीहरूलाई आर्थिक वर्ष २०८०/८१ का लागि ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बोनस शेयर वितरणसँगै नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम तोकिएको न्यूनतम चुक्तापूँजी पुग्नेछ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ ।