काठमाडौं । सिटिजन्स बैंकले विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लाष्टिक’ नारालाई आत्मसात् गर्दै बढ्दो जलवायु परिवर्तन न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले सोमवार मधेश प्रदेशको जनकपुरधाम उपमहानगरपालिका–१३ मणिमण्डपमा बृहत वृक्षरोपण कार्यक्रम गरेको हो । बृहत् वृक्षरोपण कार्यक्रम विश्वकर्मा चोकमा करीब १०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको बताइएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, समुदायिक विद्यालय एवं मठ मन्दिरमा सहयोग समेत गरेको बताइएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.