काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको २ लाख २८ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब यो बोनस शेयर सम्बन्धित शेयरको हितग्राही खातमा आएपछि कारोबार गर्न पाउनेछन् ।
कम्पनीले असार ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।