काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर विक्रीमा राखेको छ ।
कम्पनीको विभिन्न संस्थापकको नाममा रहेको ६१ हजार कित्ता संस्थापक शेयर विक्रीमा राखिएको हो । यो शेयर खरीदका लागि संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक शेयरधनीले सम्बन्धित कम्पनीको प्रधान कार्यालयमा खरीद गर्न चाहेको शेयर संख्या र प्रतिकत्ता मूल्यसमेत उल्लेख गरी आवेदन दिन सक्नेछन्। यो शेयर खरीदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरीद आवेदन नपरेको खण्डमा सर्वसाधारणलाई शेयर विक्री गर्ने प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।