काठमाडौं । बिहीवार नेप्सेमा पाँच छुट्टाछुट्टै कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले युनाइटेड इन्स्योरेन्स, आरएसडिसी लघुवित्त, कालिका पावर, फर्ष्ट माईक्रोफाइनान्स र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले युनाईटेड इन्स्योरेन्सको ५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य रू. ३८२ दशमलव ८६ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ४०२ को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।
त्यस्तै आरएसडिसी लघुवित्त वित्तीय संस्थाको नेप्सेले ८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य रू. ५२५ दशमलव ८३ तोकेको छ । कम्पनीको अन्तिम मूल्य रू. ५६७ दशमलव ९० को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।
नेप्सेले कालिका पावर कम्पनीको १५ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ३३५ दशमलव १३ तोकेका छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ३८५ दशमलव ४० को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।
त्यस्तै फरवार्ड माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य रू. १ हजार ९०४ तोकिएको छ । कम्पनीको अन्तिम मूल्य रू. २ हजार ३८० को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।
फर्ष्ट माईक्रोफाइनान्सको १९ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ६४१ दशमलव ०९ तोकिएको छ । कम्पनीको अन्तिम मूल्य रू. ७६२ दशमलव ९० को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।