काठमाडौं । कारोबारमा आएको पहिलो दिनमै पिपुल्स पावर कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । शेयर मूल्य १० प्रतिशत घटेसँगै कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
आइतवारकाे स्पेशल प्रि-ओपन सेसनमा प्रतिकित्ता रू. २८४ दशमलव १० मा पहिलाे काराेबार भएकाे कम्पनीको शेयर मूल्य बजार बन्द हुँदा प्रतिकित्ता रू. २५५ दशमलव ७० कायम भएको छ ।
माथिल्लो मूल्यमा पहिलो कारोबार पाएसँगै कम्पनीको शेयरमा विक्रेता हावी भएका हुन् । यस दिन कम्पनीको २३ हजार ५७८ कित्ता शेयरको रू. ६३ लाख २६ हजार बराबरको शेयर किनबेच भएको छ ।
कम्पनीले कुल ६३ लाख २६ हजार कित्ता शेयर शुक्रवार नेप्सेमा सूचीकृत गराएको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई वितरण गरिएको ६ लाख ३२ हजार ६०० कित्ता, सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरिएको २४ लाख ६७ हजार ४०० कित्ता र संस्थापकहरुले लगानी गरेको ३२ लाख २६ हजार कित्ता गरी ६३ लाख २६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ९४ दशमलव ९६ देखि २८४ दशमलव ८८ मूल्य रेञ्ज तोकेको थियो ।