काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह विजयी भएका छन् ।
मंगलवार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् ।
सिंहले ७ हजार १ सय ४० मत प्राप्त गरेका छन् । मिश्रले ७ हजार ११ मत प्राप्त गरेका छन् । निर्वाचन आयोगले आधिकारिक रुपमा घोषणा गर्न भने बाँकी छ ।
२०७४ सालको निर्वाचनमा पनि सिंहले निकटतम प्रतिस्पर्धी मिश्रलाई नै पराजित गरेका थिए । त्यतिबेला मतान्तर ८१५ रहेको थियो ।
यो सँगै सिंहले काठमाडौं १ बाट लगातार ३ पटक चुनाव जितेका छन् ।